नेपाली क्रिकेट खेलाडीले उत्कृष्ट प्रदर्शन गरेकोमा पूर्वराष्ट्रपति भण्डारीद्वारा प्रशंसा

२०८० भाद्र १९, मंगलवार

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जारी एसिया कप क्रिकेट २०२३ मा सहभागी नेपाली क्रिकेट टीमले भारत र पाकिस्तान जस्ता शक्तिशाली प्रतिद्वन्द्वीसँग उत्कृष्ट प्रदर्शन गरेको भन्दै खुशी व्यक्त गरेकी छन् ।

भण्डारीले बधाई तथा शुभकामना जारी गर्दै क्रिकेटमा लामो इतिहास भएका र विश्व कप जितिसकेका उच्च व्यवसायिक टीमहरुसँग प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली टीमको प्रशंसा गर्दै याे उच्च तहकाे नयाँ सुरूवात सबैकाे निम्ति खुशी र गर्वकाे विषय भएकाे उल्लेख गरेकी छन् ।

‘मुलुकले उच्च तहको क्रिकेटमा नयाँ सुरुवात गर्नु हामी सबैको लागि खुशी र गर्वको विषय हो’, शुभकामना सन्देशमा उल्लेख छ । त्यस्तै, पूर्वराष्ट्रपति भण्डारीले मलेसियमा जारी टी–ट्वान्टी महिला विश्व कप छनौटमा पनि महिला क्रिकेट टीमले उत्कृष्ट प्रदर्शन गरिरहेकोमा थप सफलताको कामना व्यक्त गरेकी छन् ।

उनले खेलाडी, प्रशिक्षक तथा नेपा क्रिकेट संघलाई बधाई तथा शुभकामना दिएकी छन् । क्रिकेटसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै खेलाीडको क्षमता विकासमा लगानी बढाउन सके मात्र नेपाली क्रिकेटले थप व्यवसायिकता र प्रतिस्पर्धी क्षमता विकास गर्न सक्ने भण्डारीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार