आज पनि घट्यो सुनको मूल्य

२०८० भाद्र २०, बुधबार

काठमाडौं : साताको चौथो दिन पनि सुनको मूल्यमा गिरावट भएको छ ।

बुधवार नेपाली बजारमा छापावाल सुन तोलामा तीन सयले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मङ्गलवार मात्रै प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले गिरावट भई १ हजार ४३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार