सन्दीपविरुद्धको मुद्दा : जन्म दर्तासहित थप कागजात झिकाउने आदेश

२०८० भाद्र २१, बिहीबार

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा अदालतले पीडित किशोरीको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी बसाइसराइ गरी गएको स्थानीय तहबाट अभिलेख झिकाउने आदेश दिएको हो । 

अदालतले काठमाडौँको एक स्थानीय तहबाट २०६९/१०/१५ मा नुवाकोटमा बसाइसराई गरी जाने क्रममा काठमाडौँको स्थानीय तहमा पेश गरेको कागजातको अभिलेख झिकाउने आदेश दिएको छ । यसअघि बसाइसराई गरी गएको स्थानीय तहबाट कागज मगाएको थियो ।

सात दिनभित्र अभिलेख झिकाई निरन्तर सुनुवाइका लागि पेश गर्न आदेशमा भनिएको छ । योसँगै अब अर्को पेशी भदौ २६ गतेलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार