बागमती प्रदेशमा चार हजार युवालाई रोजगारी कार्यक्रमको तयारी

२०८० भाद्र २४, आईतवार

मकवानपुर : बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले चालू आर्थिक वर्षमा करिब चार हजार युवालाई रोजगारीका लागि कार्यक्रम गर्ने तयारी गरेको बताइन्। मन्त्रालयले युवालाई स्वदेशमा नै रोजगारीको सिर्जना गर्नका लागि १५ करोड बजेट छुट्याएर चालू आवमा काम गर्न लागिएको मन्त्री मुक्तानले जानकारी दिइन्

प्रदेशका युवालाई पहिले आम्दानी हुने खालको सीप सिकाउने, त्यही सीप सिकेको काम गर्नका लागि बीउ पुँजी पनि दिएर रोजगारी सिर्जना गर्न लागिएको उनको भनाइ छ। प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका युवालाई कार्यक्रममा समेट्न लागिएको र यस कार्यक्रमको कार्यविधि बनाउन लागिएको मन्त्री मुक्तानले बताइन्।

कार्यविधि निर्माणपछि मन्त्रालयअन्तर्गतका कार्यालय, सिटिइभिटीलगायतका संस्थामार्फत कार्यान्वयन गरिने उनको भनाइ छ। गत आर्थिक वर्षमा कार्यक्रमका लागि प्रदेश सरकारले बजेट छुट्याए पनि काम भने हुन सकेन। पहिले श्रम, रोजगार तथा यातायात मन्त्रालयमा बजेट राखिएको भए पनि पछि फेरि सामाजिक विकास ममा पठाइएको बजेट समय अभावका कारण काम गर्न सकिएको थिएन। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार