काठमाडौँ : एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको आइतबारको खेल वर्षाका कारण रद्द भएको छ ।
भारतले पहिले ब्याटिङ गर्दै २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएपछि वर्षा सुरु भएको थियो । त्यसपछि वर्षाका कारण खेल अगाडि बढ्न सकेन । सोमबार भारत र पाकिस्तानबीच पुनः खेल हुनेछ ।





