मीनबहादुर गुरुङलाई किन पक्राउ गरेको ? : केपी ओली

२०८० भाद्र २४, आईतवार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले राष्ट्रिय उद्योगपतिलाई छानीछानी लखेटेको आरोप लगाएका छन् ।

ओलीले मीनबहादुर गुरुङलाई पक्राउ गरेको समेत आपत्ती जनाएका थिए । उनले भने–‘त्यो मीनबहादुर गुरुङलाई किन समात्या ? किन कारबाही गर्‍या ? पाँचछ जनाले किनेको जमिन, उसले त धनीपुर्जा हेर्‍यो, भएका मान्छेसँग किन्यो त ? अनि सरकारी जमिनलाई आफ्नो बनाउन लाग्ने, लगाउने भ्रष्टाचार गर्ने त तिनीहरु हुन् नि !, ती ठूला कुरा गर्ने तर, सरकार अड्डामा गएर जग्गा किनेका मान्छेलाई कारबाही गर्ने ? मीनबहादुर गुरुङ सबै तिनीहरु बाँडेर खाउँ भनेर छाडेर हिँड्यो ? होइन त्यो कतातिर भारी बोकेर हिँड्ने गुरुङ, यत्रो भाटभटेनी चलाएर पुँजीपति हुने भनेर देखी सकेनन् ।’

एमाले निकट सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पूँजीवादीहरु भएको उनले टिप्पणी गरे ।

ओलीले भने, ‘सोलुको एउटा बच्चा भारी बोकेर हिँड्थ्यो त्यस्तो शेर्पाले यहाँ आएर हवाईजहाज पनि उडाको छ । पर्यटन, होटल पनि चलाएको छ । गर्न पाइन्छ भारी बोकेर हिँड्ने शेर्पाले ? अहिले माओवादीहरु गायत्री मन्त्र जप्दैनन्, ओम्नी ओम्नी, यती यती, भाटभटेनी भाटभटेनी, मीनबहादुर मीनबहादुर, गुरुङको छोरो भारी बोकेर आएको कसरी गरिखायो ? खान दिनु हुँदैनमात्रै भन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार