काठमाडाैं : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ५० र टनेलको सानो गोलभेँडाको मूल्य ६५ रुपैयाँ कायम छ ।
यसैगरी आलु रातोको ६०, काउली स्थानीयको १००, तिते करेलाको ९०, तामाको १००, जुनारको ३५०, अनारको ३५०, कागतीको २२० रुपैयाँ मूल्य रहेको छ ।






