काठमाडौंमा प्रहरीमाथि ‘कुटपिट’ गरेको आरोपमा धमला पक्राउ

२०८० भाद्र २५, सोमबार

काठमाडौं : काठमाडौंमा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

गोरखाको आरुघाट गाउँपालिका–४ घर भई काठमाडौंको सानोभर्‍याङमा बस्दै आएका ३७ वर्षीय सन्तोषकुमार धमलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । गएको शनिबार राति उनलाई काठमाडौं महानगरपालिका–१६, माछापोखरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सो स्थानमा प्रहरीले चेकजाँच गर्ने क्रममा उनले ‘अभद्र व्यवहार’ गरेका थिए । प्रहरीलाई नै कुटपिट गरेपछि धमलालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दामा थप अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार