‘क्यानडा पठाउँछु’ भनेर ठगेको आरोपमा पुरी पक्राउ

२०८० भाद्र २५, सोमबार

काठमाडौँ : ‘क्यानडा पठाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–७ घर भएका सुजन पुरी छन् ।

उनलाई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित सानटारीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

२४ वर्षीय सुजन पुरीले भूमिराज राईलाई क्यानडा पठाउने सपना देखाएर १० लाख ८५ हजार ठगी गरेको आरोप छ । उनलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार