पहिरो पन्छाएपछि खुल्यो नारायणगढ-मुग्लिन सडक 

२०८० भाद्र २६, मंगलवार

चितवन : बिहान झरेको सुक्खा पहिरोका कारण अवरूद्ध नारायणगढ–मुग्लिन सडक साढे २ घन्टापछि खुलेको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीखोलाको पुल नजिकै आज बिहान साढे ६ बजेतिर सुक्खा पहिरो खसेको हो।

सडक डिभिजन कार्यालय सुपरभाइजर ईश्वर क्षेत्रीले पहिरो पन्छाएपछि सडकमा दुईतर्फी रूपमै यातायात सञ्चालन हुन थालेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार