मलाई संसदीय अभ्यास र प्रक्रियाका कैयौं विषय सिकाउने सुवास दाईको अभाव सधैं खड्किनेछ : गगन थापा

२०८० भाद्र २६, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष सुवास नेम्वाङको असामयिक निधनको खबरले स्तब्ध बनाएको बताएका छन्। दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महामन्त्री थापाले भनेका छन्, ‘नेकपा एमालेका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य आदरणीय सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनाएको छ।’

संविधान सभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र सहकार्यका लागि उनले गरेको समन्वयकारी भूमिका सदा स्मरणीय रहने थापाले बताएका छन्।

यस्तै उनले आफूलाई संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयौं विषय सिकाउने र बुझाउने व्यक्तिको अभाव सधैं खड्किने बताएका छन्। उनले भनेका छन्, ‘म संविधानसभा सदस्य हुँदा र अहिले पनि अभिभावक जस्तै भएर संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयन् विषयमा मलाई सिकाउने, बुझाउने सुवास दाइको अभाव सधैं खड्किनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार