काठमाडौँ : हृदयघातका कारण असायिक निधन भएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आज दिनभर एमाले पार्टी कार्यलय च्यासलमा राखिने भएको छ।
नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज केन्द्रीय कार्यालयमा राखिनेछ। उनको भोलि राजकिय सम्मानको साथ अन्त्येष्टि हुँदै छ।
विदेशमा रहेका उनका २ छोराहरु आएपछि मात्र अन्त्येष्टि गरिने भएकाले आज उनको पार्थिव शरीर पार्टी कार्यलयमै रहनेछ। सरकारले उनको अन्त्येष्टि गरेका दिन सार्वजनिक बिदा समेत दिने जनाएको छ ।





