गोकर्णमा पितृ तर्पण र श्राद्ध गर्नेको घुइँचो

२०८० भाद्र २८, बिहीबार

काठमाडौं : हिन्दु धर्म–संस्कृतिअनुसार कुशे औंसीलाई गोकर्णे औंसीको रूपमा पनि चिनिन्छ। काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको गोकर्ण मन्दिरमा गएर पितृको सम्झनामा तीर्थ श्राद्ध, तर्पण र सिदा दान गर्ने हुनाले यस पर्वको नाम गोकर्णे औंसी पनि रहन गएको हो।

बुवा हुनेहरूले आफ्ना पितालाई मिष्ठान्न भोजन गराउने, लत्ता–कपडा दिएर यो पर्व मनाउँछन्। बुवा नहुनेहरूले खोला, मठ–मन्दिर या पवित्र ठाउँमा गएर पितृ तर्पण गर्ने, विधिपूर्वक सिदा दान गर्ने परम्परा छ।

बागमती नदी उत्तरतिर बगेको हुनाले उत्तरगयासमेत भनेर चिनिने गोकर्ण मन्दिरमा बिहानैदेखि मेला लागिरहेको छ। जोरपाटीदेखि डेढ किलोमिटर उत्तर, सुन्दरीजल जाने बाटामा पर्ने यस ठाउँ पवित्र धाममध्ये पर्छ। बिहानैदेखि यस ठाउँमा श्राद्ध गर्ने, तर्पण दिने र सिदा दान गर्नेहरूको घुइँचो लागेको छ।

गोकर्णे औंसी र गोकर्णेश्वर मेलाको अवसरमार आज गोकर्णेश्वर नगरपालिकाले पालिका तहमा बिदा दिएको थियो। यद्यपि सोमबार राति दिवंगत भएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कार आजै गरिने हुँदा सरकारले सार्वजनिक बिदा दिएको छ। गोकर्ण मेला भर्ना भक्तजन ओइलिएकाले जोरपाटीदेखि सुन्दरीजलसम्म सवारी साधन चल्न रोक लगाइएको छ। यस ठाउँमा बिहीबार दिनैभरी मेला लाग्ने गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार