बालुवाको अवैध ढुवानी गर्ने १७ वटा गाडी नियन्त्रणमा

२०८० आश्विन १४, आईतवार

नवलपुर : नवलपुर प्रहरीले अवैध गिट्टी बालुवासहित १७ वटा गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । नवलपरासीको आरुङखोलास्थित प्रहरी चेक प्वाइन्टबाट राजस्व छलिगरी सामान ढुवानी गर्न लागेको अवस्थामा गाडी र चालकलाई नियन्त्रणमा लिएको हो ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कोअपरेशन प्रालिलाई ट्रान्स्पोर्ट गर्न लागेको अवस्थामा १७ वटा मालवाहक टिप्पर नियन्त्रणमा लिएको नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । सो गाडीहरूलाई आवश्यक कारबाहीका लागि मध्यविन्दु नगरपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ । 

मध्यविन्दु वडा १३ मा रहेको सुपा निर्माण कम्पनीले एउटा गेटपासको भरमा कर छली गरेर पूर्वी नवलपरासीबाट पश्चिम नवलपरासीको भुमहीका लागि सामान पठाउन लागेको प्रहरी नायव उपरीक्षक पौडेलको भनाइ छ । नवलपरासीका विभिन्न खोलाबाट यसरी गिट्टी बालुवाको अवैध चोरी निकासी बढेपछि प्रहरीले निगरानी बढाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार