काठमाडौं : जनमत पार्टी परित्याग गरेर शिवचन्द्र कुशवाह नेकपा एमालेमा प्रवेश गरेका छन्। माओवादी केन्द्र छाडेर जनमत पुगेका उनी एमालेमा प्रवेश गरेका हुन्।
गत १० वैशाखमा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा उनी जनमत पार्टीबाट बारा २ मा उम्मेदवार बनेका थिए। बिहीबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका थिए।





