एसियाली खेलकुदमा रजत जितेकी एरिकाको विमानस्थलमा स्वागत

२०८० आश्विन २३, मंगलवार

काठमाडौं : १९ औं एसियाली खेलकुद खेल्न चीनको हाङझाउमा पुगेका खेलाडीहरू फर्किएका छन्। मंगलबार मध्याह्नमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडीहरूको स्वागत गरिएको हो। करातेबाट नेपालका लागि एरिका गुरूङले रजत पदक जितेकी छन्। एरिकाले ६८ केजी तौल समूहमा फाइनल प्रवेश गरेकी थिइन्।

उनी काजकिस्तानकी सोफ्या बेरूलसेभासँग ३-० अंकले पराजित भएकी थिइन्। उनी सन् १९९८ पछि एसियाली खेलकुदको व्यक्तिगत स्पर्धामा रजत जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन्। यस्तै, नेपाली महिला टोलीले कबड्डीमा कास्य जितेको छ। कबड्डीमा नेपालले पहिलो पटक पदक जितेको हो।

उनीहरूलाई विमानस्थलमा खादा माला लगाएर स्वागत गरिएको थियो। उनीहरूको स्वागत गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआइजी सन्दीप भण्डारी लगायत प्रहरी अधिकारीहरू पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार