ज्यान जोगाएर रफाह भागेका ७१ जना इजरायलि मारिए

२०८० आश्विन ३०, मंगलवार

काठमाडौँ : हमास–इजरायल जारी युद्धको क्रममा रफाहमा ७१ जना मारिएका छन्। गाजा पट्टीको दक्षिण भागमा क्रस बोर्डरको रुपमा रहेको रफाहमा इजरायलले गरेको आक्रमणमा गत २४ घन्टामा ७१ जना मारिएको समाचार संस्था अलजजिराले जनाएको छ।

मारिनेमा अधिकांश सर्वसाधारण नागरिक रहेको बताइएको छ। गाजा क्षेत्रबाट ज्यान जोगाउँदै दक्षिणमा रहेको रफाह गएका नागरिकहरू बम आक्रमणमा मारिएको समाचारमा उल्लेख गरिएको छ। यसैबीच, हमाससँग युद्ध सुरु भएदेखि हालसम्म ५५ जना इजरायली सेनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

ताजा समाचार