नेपालसहित सात देशलाई भारतले १० लाख टन चामल निर्यात गर्न दिने

२०८० कार्तिक २, बिहीबार

काठमाडौं : भारतले नेपाललाई ९५ हजार टन चामल निर्यात गर्ने गरी कोटा तोकेको छ। भारतले नेपालसहित सात देशलाई कोटा तोकेर गैरबासमती चामल निर्यात गर्न दिने भएको छ। चामलमा प्रतिबन्ध लगाएको तीन महिनापछि कोटा लगाएर निर्यात खुला गरेको हो।

भारतको विदेश व्यापार महानिर्देशनालयले बुधबार जारी गरेको सूचना अनुसार यसरी कोटाअनुसार चामल निर्यात गर्न दिन लागिएको हो। भारतले नेपाल सहित युएई, सिंगापुर, भुटान, मरिसस, सेनेगल, गाम्बिया, इन्डोनेसिया र मालीमा कोटा लगाएर निर्यात खुला गरेको छ। भारतले १० लाख ३० हजार टन चामल यी सात देशलाई दिन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार