काठमाडौं : त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत यूएई विरुद्धको खेलमा सोमपाल कामीले दोस्रो विकेट लिएका छन् ।
पहिलो ओभरको अन्तिम बलमा पहिलो विकेट लिएका सोमपालले २.४ ओभरमा दोस्रो विकेट लिए । उनले यूएईका कप्तान मोहम्मद वासिमलाई गुल्शन झाबाट क्याचआउट गराए । त्यसअघि उनले यूएईका खालिद शाहलाई पहिलो ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए ।
यूएईका कप्तान ८ रनमा र खालिद तीन चौकासहित १२ रनमा आउट भए । मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ । नेपालले यसअघि युएईलाई पहिलो खेलमा ७ विकेटले हराएको थियो । हङकङ पनि सम्मिलित सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ ।





