सप्तरी : नेपाल सरकारको गृहसचिव दिनेश भट्टराईले सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा पूजाअर्चना गरेका छन् ।
सोमवार अनुगमनको क्रममा सप्तरी जिल्लास्थित जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायहरू समेत पुगेका सचिव भट्टराई दसैं महानवमीको अवसरमा छिन्नमस्ता माताको मन्दिरमा समेत विशेष पूजापाठ गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
पूजाअर्चना पश्चात छिन्नमस्ता मन्दिर प्राङगणमा रहेका ईलाका प्रहरी कार्यालय सखडाको अवलोकन गर्नुहुदै ख वर्गको उक्त चौकीलाई क वर्गमा उस्तरोनति गर्न सरकारलाई सिफारिस गर्ने सचिव भट्टराईले पिठाधिष महाकान्त ठाकुरलाई आश्वासन दिए ।





