सरकार! अर्को दसैँमा नारायणहिटीमा टीका लगाउन पाइयोस् : रवीन्द्र मिश्र

२०८० कार्तिक ७, मंगलवार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्रको हातबाट टीका लगाएका छन्।

विजया दशमीको अवसरमा आज निर्मल निवास नै पुगेर उनले पूर्वराजाबाट टीका लगाइमागेका हुन्। खासमा टीका लगाइदिने व्यक्तिले लगाइमाग्ने व्यक्तिलाई आशिष अर्थात् आशीर्वाद दिने चलन छ। तर मिश्र उल्टै पूर्वराजालाई आशिष दिएर फर्किएका छन्।

उनले टीका थाप्दै भने, ‘सरकार’ अर्को दसैँमा नारायणहिटी दरबारमा टीका लगाउन पाइयोस्।’ मिश्रले ३ घण्टा लाइनमा बसेर टीका लगाउँदा उक्त कुरा पूर्वराजासमक्ष भनेको बताएका छन्।

आज दसैँको टीका लगाउन शीतल निवासमा भन्दा निर्मल निवासमा सर्वसाधारणको भीड बढी देखिएको दाबी पनि मिश्रले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार