सहचालकले चलाएको बसले ठक्कर दिँदा १ जनाको मृत्यु, २ जना घाइते

२०८० कार्तिक १०, शुक्रबार

रौतहट : माधवनारायण नगरपालिकाको फुलबरिया गाउँमा  यात्रुबाहक बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । यस्तै अन्य दुई जना घाइते भएका छन् ।

काठमाडौँबाट  माधोपुर हुँदै गंगा पिप्रा जाँदै गरेको  ना६ख १४६३ नम्वरको रात्रिबसले  शुक्रवार विहान ५ बजे घरको अगाडि बसेर घुरो ताप्दै गरेका ६५ बर्षिय ब्रम्ह्देव दासलाई ठक्कर दिएको थियो । उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला  प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीका अनुसार बस सहचालकले चलाएका थिए । दासलाई ठक्कर दिएपछि बस अनियन्त्रित हुँदै घर भित्र छिरेको थियो। त्यसपछि बसको ठक्करबाट घरभित्र सुतिरहेका ५५ बर्षिय फेकु दास र ५० वर्षीया सुमित्रा देवी दास  घाइते भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिए ।

घाइते दुबै जनाको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको  छ। बस र चालकलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार