खजुरा : बाँके प्रहरीले तीन बर्षअघि जबर्जस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जबर्जस्ती करणी गरी तीन बर्षदेखि फरार रहेका राप्तीसोनारी गाउँपालिका –५, बाँकेका ३९ बर्षीय जन्जिर थारुलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायक उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
थारुले २०७७ माघ १० गते राजापुर नगरपालिका १५, बर्दिया घर भई नेपालगञ्ज उपमहानगरपालिका –६ मा डेरागरी बस्ने ४५ बर्षीय एक महिलालाई जबर्जस्ती करणी गरी फरार रहेको प्रनाउ डाँगीले जानकारी दिए । पक्राउ परेका थारुलाई आइतबार आवश्यक कारवाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको उनले जानकारी दिए ।





