भक्तपुरबाट १५ जना जुवाडे पक्राउ

२०८० कार्तिक १३, सोमबार

काठमाडौं : भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ स्थित कौशलटारमा सञ्चालित जुवाखालमा प्रहरीले छापा मारेको छ ।

कौशलटार बस्दै आएका इन्द्रबहादुर श्रेष्ठको टहरामा सञ्चालित जुवा खालमा छापा मारेर १५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताए ।

पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर घर भएका कुमार बराल, दोलखा घर भएका बाबुराम खड्का, काभ्रे घर भएका बुद्धिलाल स्याङतान र मध्यपुर थिमी घर भएका ३० वर्षीय राम गोपाल कुटु सहित १५ जना छन् । जुवा खालबाट १४ बुक तास र १ लाख ४ हजार नगद बरामद गरिएको डीएसपी पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार