ओमनले नेपाललाई दियो १४६ रनको लक्ष्य

२०८० कार्तिक १६, बिहीबार

काठमाडौं : आइसीसी विश्वकप छनोटअन्तर्गत आजको खेलमा ओमनले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको हो ।

ओमनका लागि कप्तान जीसन मकसूदले सर्वाधिक ३२ रन बनाए । नसीम खुसीले २५, प्रतीक अथावलेले २४, शकील अहमदले २२, आयन खानले १८ रन बनाए ।नेपालको लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिए । अविनाश बोहरा र गुलशन झाले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार