नेपालले गुमायो दोस्रो विकेट,सोमपाल कामी आउट

२०८० कार्तिक १६, बिहीबार

काठमाडौँ : आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । सोमपाल कामी १२ रन बनाएर आउट भएका हुन् । यसअघि आसिफ शेख मात्र ५ रन बनाएर आउट भएका थिए ।

नेपालले २ विकेटको क्षतिमा ३७ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो । आजको खेलले समूह एको विजेता चयन गर्नेछ । समूहबाट दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार