आईसीसी टी-२० छनोट : सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

२०८० कार्तिक १७, शुक्रबार

काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको सेमिफाइनलमा आज (शुक्रबार) नेपाल र यूएई भिड्दैछन्। माथिल्लो मुलपानी मैदानमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ।

नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल खेल्न लागेका हुन्। यो खेलको विजेताले छनोटको फाइनलमा स्थान बनाउनका लागि आगामी वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्। नेपाल आजको खेलमा यूएईलाई हराउँदै घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारको बदला लिन चाहन्छ। यूएई भने सिरिजको फाइनल खेलको प्रर्दशनलाई निरन्तरता दिन चाहन्छ।

आजको खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले आक्रामक अलराउण्डर दिपेन्द्र सिंह ऐरिलाई मैदान उतार्ने सम्भावना बलियो छ।पछिल्लो समय उत्कृष्ट लयमा रहेका दीपेन्द्रको बायाँ खुट्टाको घुँडामा चोट बोकेपछि उनले समूह चरणका सबै खेल गुमाएका थिए। दिपेन्द्र घाइते हुँदा उनको स्थान विवेक यादवले लिएका थिए।

हेड टु हेड 
नेपाल र युएईबीच पछिल्लो टी–२० आईका पाँच भेटमा नेपालमाथि युएई हाबी बन्दै आएको छ। पछिल्लो समय घरेलु मैदानमा भएको हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजको समूह चरणमा नेपालले युएईलाई २ खेलमा हराएको थियो। फाइनलमा भने नेपाल यूएईसँग ४ विकेटले पराजित भएको थियो।

समूह चरणमा नेपालले युएईलाई ७ र ५ विकेटले पाखा लगाएको थियो।  त्यसअघि सन् २०२२ मा भएको आईसीसी टी–२० विश्वकप छनोट ए मा युएईले नेपाललाई ६८ रनले हराएको थियो। त्यसअघि सन् २०२२ को फेबु्रअरीमा भएको टी–२० आइ सिरिजमा यूएईले नेपाललाई २५ रनले हराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार