सुनको मूल्य उकालो लाग्ने क्रम जारि

२०८० कार्तिक १७, शुक्रबार

काठमाडौँ : शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा थप दुई सय रुपैयाँले बढ्दै १ लाख १५ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घट्दै १ हजार ३९० रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार