सशस्त्र प्रहरी बलको डुङ्गा दुर्घटना, २ जना घाइते

२०८० कार्तिक १७, शुक्रबार

विराटनगर : सशस्त्र प्रहरी बलको गोताखोर अभ्यासका क्रममा सप्तकोशी नदीमा डुंगा (मोटरबोट) दुर्घटना भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह पकली, सुनसरीले प्रशिक्षणपछि आयोजना गरेको गोताखोर डेमोन्सट्रेसनको पूर्वतयारीका क्रममा सप्तकोशी नदीमा डुङ्गा दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । दुर्घटनामा परेकाहरूलाई सशस्त्र प्रहरीको गोताखोरको टोलीले उद्दार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार