कर्णाली सरकारद्वारा सहयोगका लागि आह्वान

२०८० कार्तिक १८, शनिबार

सुर्खेत : कर्णाली प्रदेश सरकारले भूकम्पबाट व्यापक जनधनको क्षति भएको भन्दै सहयोगका लागि आह्वान गरेको छ ।

शनिबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै पक्षलाई सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको हो।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने र राहत सामग्री पठाउने कर्णाली प्रदेश सरकारको निर्णय गरेको छ ।

प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए।

प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति भएको छ । भूकम्पपछि उद्धारको कार्य जारी रहेको छ । सबैभन्दा बढी क्षति जाजरकोट र पश्चिम रुकुममा भएको प्राप्त विवरणहरूमा उल्लेख छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार