रुपन्देही : बर्दियाको गुलरिया नगरपालिका वडा नं ६ का २३ वर्षका वरुण घिमिरेको हत्या अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हत्याका मुख्य अभियोगी सुलभ थापा पनि पक्राउ परेका छन् । घटनामा संलग्न अन्य केही फरार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डिएसपी तुलसीराम अर्यालले बताए । लक्ष्मी पूजाको मध्यरातमा घिमिरेलाई पुरानो रिसईबीका कारण धारिलो हतियार प्रयोग गरी हत्या गरेको अनुसन्धानमा देखिएको उनले बताए ।





