स्याङ्जा : मोटरसाइकल दुर्घटनामा मृत्यु भएका गण्डकी प्रदेशका भलिबल सदस्य सन्तोष बहादुर थापाको सम्मानमा बिहीबार प्रदेशका सबै भलिबल खेलहरू स्थगित गरिएको छ ।
गण्डकी प्रदेश भलिबल सङ्घका अध्यक्ष नवीन गुरुङले सन्तोषको सम्मानमा प्रदेश भित्र सञ्चालन भइरहेका सम्पूर्ण भलिबल प्रतियोगिताहरू स्थगित गरिएको बताए । प्रदेशको भलिबलले ठुलो क्षति व्यहोरेको बताउँदै गुरुङले एक उत्कृष्ट युवा खेलाडी प्रदेशले गुमाएको बताए ।
चाप कोट नगरपालिका २ का २२ वर्षीय सन्तोषको मङ्गलवार राती वालिङमा भलिबल खेलमा सहभागी भएर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा निधन भएको थियो ।





