२० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

२०८० कार्तिक ३०, बिहीबार

काठमाडौँ : प्रहरीले धनुषाबाट ज्यान सम्बन्धी कसुरमा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ घर भएका विनोद पटेल छन् ।

 

५५ वर्षीय पटेललाई अदालतले २०६२ साल फागुन २९ मा २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि फरार भएका विनोदलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार