काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यरातमा महिलाहरुलाई लखेटेको भिडियोबारे टिप्पणी गर्दै आफ्ना कार्यकर्ताले त्यसो गर्न नसक्ने बताएका छन्। बुधबार सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले आफ्नो पार्टीलाई बदनाम गर्ने उद्देश्यले उक्त भिडियो बनाइएको जिकिर गरे।
उनले भने, ‘युवा संघले यसो गर्यो भनेर एउटा भिडियो आएको देखियो। त्यो आफैं बोक्सी, आफैं झाँक्री जस्तो देखिन्छ। युवा संघको यस्तो क्रियाकलपा होइन। युवा संघका साथीहरुले हामी यसमा संलग्न छैनौं भनेका छन्।’





