चितवन : चितवनमा दुई वटा शव फेला परेको छ। बुधबार भरतपुर महानगरपालिका वडा नम्बर-९ र १२ को सिमाना मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको पुल मुनि महिला र पुरुषको शव फेला परेको हो।
भरतपुर महानगरपालिका वडा नम्बर-१२ का वडा अध्यक्ष लेखनाथ पन्तका अनुसार दुवै जनाको शव छुट्टा छुट्टै जुटको बोरा भित्र रहेको छ। उनीहरूको उमेर अन्दाजी ३५ वर्षको हुन् सक्ने अध्यक्ष पन्तले जानकारी दिए।
‘दुवै जनाको अनुहार चोटका कारण पहिचान गर्न सक्ने अवस्था छैन।’ उनले भने ‘दुवै जनाको हातखुट्टा एकै ठाउँमा बाँधेर राखिएको अवस्था छ।’ दुई दिन भित्र ल्याएर फालेको उनले अनुमान गरे। अहिले प्रहरीले शवको मुचुल्का उठाइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।





