दसैँ–तिहारको बिचमा ४३ हजारभन्दा बढी नेपाली बिदेसिए

२०८० मंसिर १०, आईतवार

काठमाडौँ : चाडपर्वमा परदेशिएकाहरू जसरी पनि घर आउँछन् । त्यसमाथि दसैँ–तिहारमा घर फर्किनेको संख्या अत्यधिक हुन्छ । तर, यहीबिचमा परदेश जानेको संख्या भने निकै बढी देखिन्छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार कात्तिक महिनामा मात्रै ४३ हजार ६२२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा पुनः श्रम स्वीकृति लिएकाहरू समेत रहेको विभागले जनाएको छ ।

श्रम स्वीकृति मात्रै लिनेको संख्या भने कात्तिकमा २४ हजार ७८ जना छन् । जसमा २० हजार ३६२ पुरुष र ३ हजार ७१६ महिला रहेका छन् । १९ हजार ५४४ जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएका छन् । विभागको तथ्यांक अनुसार त्यसरी श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेहरूमध्ये ३८ हजार ३२२ पुरुष र ५ हजार ३०० महिला रहेका छन् ।

१८ हजार १२५ जनाले संस्थागत श्रम स्वीकृति लिएका छन् भने ५ हजार ७५१ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । त्यस्तै २०२ जना जी टु जीमार्फत श्रम स्वीकृति लिएका छन् । कात्तिक महिनामा सबैभन्दा बढी यूएईका लागि ७ हजार ४१० जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै साउदी अरेबियाका लागि ३ हजार ५००, कतारका लागि २ हजार ४३४, मलेसियाका लागि ३ हजार ९७९, कुवेतका लागि १ हजार ४४८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार