काठमाडौँ : क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम संसदीय समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।
आइतबार बसेको संसदीय सुनुवाइ विषेश समितिको बैठकले प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको जसपाका सांसद प्रकाश अधिकारीले जानकारी दिए । परराष्ट्र सचिवसमेत रहेका पौड्याललाई सरकारले क्यानडाका राजदूतका लागि सिफारिस गरेको थियो । यही मंसिर २० गते सचिवको कार्यकाल सकिदै गर्दा सरकारले उनलाई क्यानडाको राजदूतमा सिफारिस गरेको हो ।





