बराहा तालमा देखिएको धौलागिरि हिमालको छायाँ

२०८० मंसिर १०, आईतवार

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा अवस्थित छ, बराहा ताल । निस्कोट गाउँको शिरमा रहेको बराहा ताल करिब दुई रोपनीमा फैलिएको छ ।

समुन्द्री सतहदेखि झण्डै दुई हजार दुई सय मिटर उचाइमा रहेको ताल र आसपासबाट दजनौं हिमाल र बस्तीलाई अवलोकन गर्न सकिन्छ । यहाँबाट नेपालको दोस्रो अग्लो धौलागिरि हिमालसहित गुर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथी लगाएका मनोरम हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

निस्कोट गाउँमा रहेको बराह ताल जङ्गलको बिचमा रहेको छ भने यो २० मिटरभन्दा बढी गहिरो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार