रियल म्याड्रिड काडिजमाथि ३-० ले विजयी

२०८० मंसिर ११, सोमबार

काठमाडौं : स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले काडिजमाथि शानदार जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले काडिजलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा रोड्रीगोले २ गोल गरेका थिए भने जुडे बेलिङघमले एक गोल गरेका थिए। यो जितपछि रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ। १४ खेलमा रियल म्याड्रिडको ३५ अंक भएको छ।

त्यस्तै एक खेल कम खेलेको गिरोनाको १३ खेलमा ३४ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। त्यसैगरी एटलेटिको म्याड्रिडको १३ खेलमा ३१ र बार्सिलोनाको १४ खेलमा समान ३१ अंक रहेको छ। त्यसैगरी काडिजको भने १३ खेलमा १० अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार