भारतीय नागरिकको कुटाईबाट घाइते यादवको मृत्यु

२०८० मंसिर ११, सोमबार

बर्दिया : भारतीय नागरिकको कुटाईबाट  घाइते भएका एक नेपाली नागरिकको मृत्यु भएको छ । बर्दियाको सिमानासँग जोडिएको लौकाही बजारमा गत कार्तिकमा भएको उक्त घटनाका घाइते गुलरिया- ११ का करिब ४० वर्षिय रमेश यादवको मृत्यु भएको उनका भाई मनोज यादवले बताए ।

रमेशको आइतबार मृत्यु भएपछि पीडित परिवारले कर्तव्य ज्यान मुद्दाको उजुरी दिएका छन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एवं डीएसपी तिलकराम अर्यालले बताए । रमेशको मृत्युका सम्बन्धमा पीडितले कर्तव्य ज्यान मुद्दा दायर गराउन सोमवार जिल्ला प्रहरी कार्यालय,बर्दिया आएकाछन,‘उनले भने‘अनुसन्धान पछि मुद्दा दर्ता गरिने छ ।

मृतकका भाई मनोजका अनुसार अपाङ दिदी बिज्मा यादव गत कार्तिक २३ गते उपचारका लागि सिमावर्ती भारतीय बजार लौकाही गएकी थिइन् । सञ्चो नभएपछि दिदी बिज्मा पुन : त्यहाँ गई कस्तो औषधि दिएको भनेपछि सामान्य विवाद भएको थियो । उक्त विवादमा डाक्टर अतहर खानले दिदीमाथि हातपात गरेका थिए ।घटना लगतै रमेश त्यहाँ पुगेका थिए । त्यसदिन घटना साम्य भइसकेको थियो । तर केही दिनपछि रमेश र भाई मनोज फेरी लौकाही पुग्दा डाक्टर अतहर र उनका बुआ जलालु खान लगायत करिब दर्जन मानिसले लखट्दै नेपालभित्र पसेर कुटपिट गरेको रमेशका आफ्न दाइ कृष्ण यादवले बताए । ‘उनीहरु नेपाल भित्र पसेर लखेटिलखेटी भाईलाई चिर्पटा,लट्ठी लगायतले आक्रमण गरेका थिए’ उनले भने । त्यसक्रममा घाइते भएका रमेशको आइतबार लखनउमा उपचारको क्रममा मृत्यु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार