जब रोनाल्डोले आफूले पाएको पेनाल्टी समेत फिर्ता लिन रेफ्रीलाई आग्रह गरे

२०८० मंसिर १२, मंगलवार

काठमाडौं : उत्कृष्ट खेल तथा गोल गर्ने शैलीका कारण चर्चामा रहिरहने क्रिस्टियानो रोनाल्डो कहिलेकाहीँ फरक व्यवहारका कारण पनि चर्चामा आउने गरेका छन्। एसियन च्याम्पियन्स लिगमा सोमबारको खेलमा यस्तै फरक व्यवहारका कारण अहिले अल नासरका कप्तान समेत रहेका रोनाल्डोको चर्चा भइरहेको छ। रोनाल्डोको टिम अल नासरले एसियन च्याम्पियन्स लिगअन्तर्गत पर्सेपोलिससँग मंगलबार राति प्रतिस्पर्धा गरेको थियो।

खेलको दोस्रो मिनेटमै रोनाल्डोलाई विपक्षी टिमका खेलाडीले लडाएपछि रेफ्रीले अल नासरलाई पेनाल्टी दिएका थिए। तर आफूले पाएको पेनाल्टी हान्नुको साटो रोनाल्डोले पेनाल्टी फिर्ता लिन रेफ्रीलाई आग्रह गरे। रोनाल्डोको आग्रहपछि भीडिओ असिसटेन्ट रेफ्री (भार) को सहायताले रेफ्रीले उक्त पेनाल्टी रद्द गरेका थिए। पछि खेलको १७ मिनेटमै अल नासरका खेलाडी अली लाजामी रेडकार्ड खाँदै मैदानबाट बाहिरिएपछि अल नासर १० खेलाडीमा सीमित भएको थियो।

उक्त खेल गोलरहित बराबरीमा रोकियो। तर यसअघिको अंकका आधारमा अल नासर च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। पाँच खेलबाट १३ अंक जोड्दै अल नासर अन्तिम १६ मा प्रवेश गर्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार