दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा सरकार घोषणा गर्ने

२०८० मंसिर १४, बिहीबार

काठमाडौं : अभियन्ता दुर्गा प्रसाईं आफ्नै नेतृत्वमा सरकार घोषणा गर्ने तयारीमा जुटेका छन् ।

‘नागरिक सरकार’ले पुराना दलहरूको विरुद्धमा कार्यक्रम केन्द्रित गर्ने भएको छ। प्रसाईं समूहले मङ्सिर ३० गते ‘नागरिक सरकार’ घोषणा गर्ने तयारी गरेको प्रसाईं समूहको अध्यक्ष मण्डलका सदस्य हरि कार्कीले हाम्रोदेशलाई जानकारी दिए ।

यो सँगै मंसिर ७ गते सुरु भएको प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को काठमाडौँकेन्द्रित कार्यक्रम सकिएको छ। अब विभिन्न जिल्लामा विकेन्द्रित गर्ने र ‘नागरिक सरकार’लाई वडादेखि जिल्ला हुँदै केन्द्रसम्म पुर्‍याउने समूहले जनाएको छ।

कार्कीका अनुसार नागिरक सरकारको प्रधानमन्त्री दुर्गा प्रसाईं रहनेछन्। मन्त्रिमण्डलमा कोको रहने भन्नेबारे गृहकार्य भइरहेको कार्कीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
3
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार