भारतमा शंकास्पद आयुर्वेदिक औषधि खाँदा ५ व्यक्तिको मृत्यु, ५० जनालाई बिक्री गरिसकेको खुलासा

२०८० मंसिर १५, शुक्रबार

काठमाडौँ : भारतमा शंकास्पद आयुर्वेदिक औषधि खाँदा ५ जनाको मृत्यु, यो औषधि ५० जनालाई बिक्री गरिएको
भारतको गुजरात प्रहरीले बिहीबार पछिल्लो २ दिनमा संदिग्ध रूपमा मिसावटयुक्त आयुर्वेदिक सिरप सेवन गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ।

साथै उक्त सिरप पिएका दुई जनालाई अस्पताल लगिएको बीबीसी हिन्दीले जनाएको छ। खेडा जिल्लाका एक पसलले कलमेघासव–अश्वरिष्ट नामक आयुर्वेदिक सिरप करिब ५० जनालाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। यो घटना नाडियाद सहरको एउटा गाउँसँग सम्बन्धित रहेको बीबीसी हिन्दीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार