काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महासचिवलगायतका नेताहरुलाई पक्राउ पुर्जी जारी भएपछि मशाल जुलुस निकालेको छ ।
पार्टीका कार्यकर्ताहरुले काठमाडौंको बागबजार लगायत क्षेत्रबाट मशाल जुलुस निकालेका हुन् । पार्टीले पक्राउ पुर्जीविरुद्ध आज साँझ साढे ५ बजे मशाल जुलुस, २० गते दिनको ३ बजे न्यायाधीशको पुत्ला दहन र मंसिर २१ गते २ बजे देशव्यापी जनप्रदर्शनको कार्यक्रम घोषणा गरेको थियो ।





