चेल्सीमाथि म्यानचेस्टर युनाइटेड २-१ ले विजयी

२०८० मंसिर २१, बिहीबार

काठमाडौं : इंलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर युनाइटेडको जितमा दुवै गोल स्कट म्याक टोमिनीले गरेका थिए। उनले खेलको १९औं र ६९औं मिनेटमा गोल गरेका थिए। त्यसैगरी चेल्सीका लागि एक गोल कोल पाल्मरले गरेका थिए।

यो जितपछि म्यानचेस्टर युनाइटेडको १५ खेलमा २७ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ।

त्यसैगरी चेल्सीको भने यो यस सिजनमा छैटौं हार हो । १५ खेलमा १९ अंक रहेको चेल्सी अहिले लिगमा १०औं स्थानमा रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार