मंसिर २७ बाट हिमालयन रि-इन्स्योरेन्सको आईपीओ भर्न पाइने, प्रतिकित्ता मूल्य कति?

२०८० मंसिर २१, बिहीबार

काठमाडौँ : हिमालयन रि–इन्स्योरेन्सले आम सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि प्राथमिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ।

अंकित मूल्य १०० रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीले आईपीओ बिक्री गर्न लागेको हो।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा गएकालाई सेयर जारी गरेको थियो। सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा मंसिर २७ देखि पुस १ गतेसम्म भर्न पाउनेछन्।
कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ छ। ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ।

कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ। हिमालयन रि निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार