बालिका बलात्कार गर्ने युवकलाई जन्मकैद

२०८० मंसिर २९, शुक्रबार

तनहुँ : तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने युवकलाई जन्मकैदको फैसला सुनाएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो।

साथै निजलाई रु ६ लाख जरिवाना र रु २० हजार क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ।
निजले ९ वर्षीया बालिकलाई करणी गरेका थिए।

प्रहरीले उनीविरुद्ध विसं २०७९ असोज २८ गते तनहुँ अदालतमा मुद्दा दर्ता गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार