काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेले मदन भण्डारी र काँग्रेसले विपी कोइरालाको विचार बेचिरहेको आरोप लगाउँदै आफ्नो पार्टीसँग केबल सुशासनको एजेन्डा रहेको दाबी गरेका छन्।
पार्टीले शनिवार काठमाडौँमा गरेको खुला सभालाई सम्बोधन गर्दै उनले भजाएर खान कसैका विचारको भारी नभएको तर जनतालाई आशा जगाउने सुशासनका एजेन्डा भएको दाबी गरेका थिए।
‘बेच्नका लागि हामीसँग मदन, बिपी कोही छैनन्। हामीसँग सुशासनको एउटा एजेन्डा छ ’, रविले भने, ‘केही गरेर देखाउने हृदय र क्षमतावान् योग्यता भएका व्यक्तित्वहरू हाम्रो पार्टीमा छन्, यत्तिकै आधारमा हामी अगाडि बढेका हौँ।’





