बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

२०८० पुष १, आईतवार

बाजुरा : बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।  मार्तडीबाट निर्माण सामाग्री लिएर बडिमालिका-२ भौनेरा जाँदै गर्दा खरिगाडमा दुर्घटना हुँदा तीन पुरुष र एक महिला गरेर चार जनाको घट्नास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ का ३५ वर्षीय हिक्मतबहादुर रोकाया बडिमालिका–२ भौनेराका अन्दाजी ३७ वर्षीय देवराज जोशी बडिमालिका– १ का ३६ वर्षीय चन्द्र दानी र बडिमालिका–२ जुगाडाकी २६ वर्षीया करिष्मा रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। चालक हिक्मत रोकायाले चलाएको सु.प्र ०१००२ त ४१०५ ट्याक्टर लु ४ त ७३०५ को ट्याक्टरमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिए।

केही वर्ष पहिला त्यसै ठाउँमा जिप पल्टिदा चार जनाको ज्यान गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार