अमेरिकी राष्ट्रपतिको चुनाव अगाडि डोनाल्ड ट्रम्पलाई झट्का, चुनाव लड्न अयोग्य ठहर

२०८० पुष ४, बुधबार

काठमाडौं : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अदालतले चुनाव लड्न अयोग्य ठहर गरेको छ। करिब ३ वर्ष अगाडि अमेरिकी संसद् भवनमा भएको विद्रोहमा संलग्न रहेको भन्दै कोलोराडो राज्यको सर्वोच्च अदालतले ट्रम्पलाई आफ्नो राज्यमा चुनाव लड्न अयोग्य ठहर गरेको हो। संवैधानिक विद्रोहको धारा उद्धृत गर्दै अदालतले ट्रम्पलाई चुनावी प्रतिस्पर्धाका लागि अयोग्य ठहर गरेको हो।

अदालतले यस्तो फैसला सुनाएको पहिलो पटक हो। अदालतले अमेरिकी संविधानको १४औं संशोधनको धारा ३ को प्रयोग गर्दै कुनै व्यक्तिलाई राष्ट्रपतिको निर्वाचनका लागि अयोग्य ठहर गरेको हो। यसअघि अमेरिकाका कयौ राज्यमा ट्रम्पमाथि निर्वाचन लड्न रोक लगाउने कोसिस असफल भएको थियो।

मंगलबार आएको फैसला कोलोराडो राज्यमा मात्र लागू हुने छ। यो फैसलामाथिको अपिल होल्डमा राखिएको छ। यसलाई पछिल्लो महिनासम्म होल्डमा नै राखिने छ। शीर्ष अदालतले आफ्नो फैसलामा लेखेको छ, ‘ हामी यो निष्कर्षमा यसै पुगेका छैनौँ। हाम्रासामु जुन सवाल उठेको छ, यसको परिणाम कति ठूलो हुने छ भन्नेबारे जानकार छौँ।’ अदालतले कानुनको कार्यान्वयन गर्ने कुरामा गम्भीर रहेको पनि भनेको छ।

‘यस्तै हामी कानुन कार्यान्वयन गर्ने आफ्नो गम्भीर कर्तव्यप्रति सचेत पनि छौँ। बिना कुनै डर, पक्षपात र फैसलामाथि आउने जनताको प्रतिक्रियासँग प्रभावित नभइ यो फैसला कानुन सम्मत रुपमा लिइएको छ,’ फैसलामा भनिएको छ। २०२० को राष्ट्रपति जुनावमा जो बाइडेनको जितलाई अस्वीकार गर्दै जनवरी २०२१ मा ट्रम्पका सर्मथकहरुले क्यापिटल हिलमा प्रवेश गरेर तोडफोड समेत गरेका थिए। उनीमाथि आफ्ना सर्मथकलाई उस्काएको आरोप लाग्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार